Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

 बुटवल : 'रुपन्देही र अर्घाखाँचीका २ संक्रमितको मृत्यु'

 बुटवल : 'रुपन्देही र अर्घाखाँचीका २ संक्रमितको मृत्यु'

बिहिवार, कार्तिक ६ २०७७

  • 481
    SHARES

  •  बुटवल  : 'रुपन्देही र अर्घाखाँचीका २ संक्रमितको मृत्यु'

     

     बुटवल,  कात्तिक । रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

    कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताए ।

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ५३ पुगेको छ भने अर्घाखाँचीमा ५ पुगेको छ ।

    बिहिवार, कार्तिक ६ २०७७१०:०९:०४

    डेमो खबर

    सम्बन्धित समाचार