Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

धरान : 'बीपी प्रतिष्ठान उपचाररत कोरोना संक्रमितको मृत्यु'

धरान : 'बीपी प्रतिष्ठान उपचाररत कोरोना संक्रमितको मृत्यु'

बिहिवार, कार्तिक ६ २०७७

  • 477
    SHARES

  • धरान  : 'बीपी प्रतिष्ठान  उपचाररत कोरोना संक्रमितको मृत्यु'

     

    काठमाडौं,  कात्तिक। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    सुनसरीको इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

    उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट, श्वासप्रश्वास लगायतका समस्याबाट पीडित ती पुरुषमा यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

    उनमा देखिएका समस्याअनुसारको उपचार गर्दा गर्दै आज बिहान मृत्यु भएको डा. श्रेष्ठले बताए ।

    बिहिवार, कार्तिक ६ २०७७१०:०४:४५

    डेमो खबर

    सम्बन्धित समाचार