Logo

शुक्रवार, मंसिर १९ २०७७Dec 04 2020

images
डा. भट्टराईले भने

कोरोना पीडितकाे उपचार : 'जनताको ज्यान जोगाउन सबै खर्च रोके हुन्छ"

कोरोना पीडितकाे उपचार : 'जनताको ज्यान जोगाउन सबै खर्च रोके हुन्छ"

बुधवार, कार्तिक ५ २०७७

  • 469
    SHARES

  • कोरोना पीडितकाे उपचार  : 'जनताको ज्यान जोगाउन सबै  खर्च रोके हुन्छ"

     

    कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद  नेता डा. बाबुराम भट्टराईले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । यसले महामारी झन् विकराल बन्ने उनको धारणा छ ।

    पूर्वप्रधानमन्त्री डा. भट्टराईले बुधबार बिहान ट्वीट गर्दै पैसा अभाव भएको भए दानपात्र राख्न तर सबै संक्रमितको उपचार निःशुल्क गर्न सकिने बताएका छन् । जनताको ज्यान जोगाउन अरु सबै खर्च रोके हुने उनको धारणा छ ।

    भट्टराईले लेखेका छन्, ‘कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ । यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार/फजुल खर्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं ।’

    सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

    बुधवार, कार्तिक ५ २०७७०९:३३:०९

    डेमो खबर

    सम्बन्धित समाचार