Logo

शुक्रवार, मंसिर १९ २०७७Dec 04 2020

images
मौसमविद् भन्छन

सकियो यस वर्षको मनसुन : "खुल्याे अाकाश"

सकियो यस वर्षको मनसुन : "खुल्याे अाकाश"

मंगलवार, कार्तिक ४ २०७७

  • 593
    SHARES

  • सकियो यस वर्षको मनसुन : "खुल्याे अाकाश"

     

     

    काठमाडौँ, कात्तिक । मनसुुन असोज महिना सकिएसँगै यस बषार्काे  मनसुुन बाहिरिएको छ । विगत दस वर्षको तथ्याङ्क अनुसार यो वर्षको मनसुनले सबभन्दा धेरै विपद् दिएर बाहिरिएको छ ।
    मनसुन बाहिरिएसँगै झलमल घाम लाग्ने र बिहान बेलुका हल्का चिसो हुनेगरी शरद ऋतु भित्रिएको महसुस गर्न थालिएको छ । शनिबार घटस्थापना सुरु भएसँगै यस वर्षको दशँै तिथिगत रूपमा सुरु भएको छ । मौसमले पनि दशैँ आएको झल्को दिएको मौसमविद् बताउँँछन् ।
    कोरोनाको भय र त्रासबीच विपद्मा परेकालाई निरन्तर झस्काइरहेको छ । कैयौँले आफ्ना परिवारका सदस्य गुमाएका छन् । कैयौँ घरबार विहीन भएर त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनमा पहिरोको उग्रताका कारण अकल्पनीय रूपमा अत्यधिक जनाए ।
    मनसुन अवधिभर विगत दस वर्ष यताकै धेरै जनधनको क्षति भएको छ । मनसुन सुरु भएपछि जेठ यता ३६७ ले विभिन्न खालका विपद्बाट ज्यान गुमाएका छन् । यस वर्षको वैशाखयता ४०२ ले ज्यान गुमाएका छन् ।
    प्राधिकरणका अनुसार सबैभन्दा बढी, पहिरो र चट्याङ जस्ता मुख्य विपद्बाट २९३ को मृत्यु भएको छ । पोखरेलले अकल्पनीय पहिरोका कारण सबैभन्दा बढी क्षति भएको हो, सोच्दै नसोचिएका स्थानमा पहिरो जाँदा पूर्वतयारी गर्न नपाइएको अवस्था थियो भने । उनका अनुसार विगतका वर्षमा करिब एक सयको हाराहारीमा पहिरोका कारण ज्यान गएको तथ्याङ्क छ । पहिरोमा पुरिएर अझै ६४ जना बेपत्ता भएका छन् भने २२२ घाइते भएका छन् ।
    उनले बाढीबाट ३९ को मृत्यु भएको बताए । बाढीमा बगेका अझै ३६ बेपत्ता छन् । नौ  घाइते भएका थिए । बाढीको क्षति विगतको तुलनामा न्यून रहेको पोखरेल सुनाए । विशेषगरी यस वर्ष प्रदेश–२ मा बाढीको वितण्डा विगतमा जस्तो नभएकाले क्षति कम भएको हो । पहाडी भेग छोएका क्षेत्रमा बाढी र पहिरो दुवैको वितण्डा बढी रह्यो ।
    त्यसैगरी मनसुनी चक्र लामो चल्दा चट्याङ लागेर पनि धेरैले ज्यान गुमाउन पुगेको पोखरेलले उल्लेख गरे । मनसुनको अवधिमा चट्याङ लागेर ३५ को मृत्यु भएको छ । यस घटनामा ९४ घाइते हुन पुगेका थिए । अझ मनसुनजन्य विपद्का कारण घरबार गुमाउनेको सङ्ख्या सम्पूर्ण रूपमा यकिन भइसकेको छैन ।

    भौतिक क्षति र घरबास गुमाएको यकिन हुने बित्तिकै अलपत्र परेकाको व्यवस्थित पुनस्र्थापना थालिने तयारी प्राधिकरणले गरेको छ । जसका लागि विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि २०७७ प्राधिकरणको कार्यकारी समितिबाट पारित गरिएको छ ।
    गत जेठ ३० गतेबाट सुरु भएको मनसुन असोज मसान्तबाट सम्पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालको पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली र प्रदेश–५ बाट भने १५ दिनअघि अर्थात् असोज १५ गते नै बाहिरिएको थियो । पूर्वी भूभागमा भने ढिला गरी १५ दिनपछि मात्र मनसुन बाहिरिएको हो । अहिले झलमल घाम लाग्ने अनि आकाश खुला रहनेगरी मौसम खुलेको छ ।

     

    मंगलवार, कार्तिक ४ २०७७०३:०७:००

    डेमो खबर

    सम्बन्धित समाचार