Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images

वीरगञ्ज : "करिब २३ किलो सुन बरामद, कोही पक्राउ परेन"

वीरगञ्ज : "करिब २३ किलो सुन बरामद, कोही पक्राउ परेन"

शनिवार, कार्तिक १ २०७७

  • 257
    SHARES

  • वीरगञ्ज  : "करिब २३ किलो  सुन बरामद,  कोही पक्राउ परेन"

     

    बीरगञ्ज, कात्तिक  । वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छपामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको छ । वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सुन बारामद गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमा जानकारी गाएको छ ।
    सो फल्याटमा दिउँसो साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताइन।
    सोही क्रममा करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
    सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हाको भएको स्थानीय बासिन्दाले जानकारी गराएको र त्यहाँ सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले दुई दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले आज छापामारी सो सुन बरामद गरेको हो ।

    शनिवार, कार्तिक १ २०७७०४:२३:५८

    डेमो खबर

    सम्बन्धित समाचार