Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images

रौतहटमा अवैध सालको काठसहित एकजना पक्राउ

रौतहटमा अवैध सालको काठसहित एकजना पक्राउ

शनिवार, कार्तिक १ २०७७

  • 113
    SHARES

  • रौतहटमा अवैध सालको काठसहित एकजना पक्राउ

    काठमाडौं, कार्तिक।  रौतहटको गजरा नगरपालिका स्थित अवैध सालको काठसहित एकजना पक्राउ परेका छन् । 

    गुजरा– ५ का मुस्लिम मियां धुनिया १५ क्युफिट सालको काठसहित पक्राउ परेको चोंचा सव–डिभिजन बन कार्यालयका प्रमुख राजेश साहले बताएका छन् । 

    राष्ट्रिय बनबाट अवैधरूपमा सालको काठ ल्याएर भण्डारण गरेको सूचनाको आधारमा शुक्रबार राति धुनियाको घरमा खानतलासी गर्दा उक्त परिणामको काठ बरामद भएको प्रमुख साहले जानकारी दिए । 

    बरामद काठ र आरोपि मुस्लिम मियां धुनिया लाई चोंचा बन कार्यालयको नियन्त्रणमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए ।

    पछिल्लो एक महिनाभित्र सब डिभिजन बन कार्यालय चोंचाले ६५ क्युफिट सालको गोलिया काठ र ८ वटा साईकल बरामद गरेको छ । बर्सेनि चांडपर्वको बेलामा बन सुरक्षाकर्मी बिदामा घर गएपछि तस्करहरुले तिब्ररुपमा काठ चोरी निकासी गर्दछन् । 

    तर यसपटक बडादशैं र आउन लागेको दिपावली तथा छठपर्वमा बनको सुरक्षार्थ बिशेष सुरक्षा योजना जारीगरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।

    शनिवार, कार्तिक १ २०७७११:२७:०८

    डेमो खबर

    सम्बन्धित समाचार