Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

बाँकेमा १८ वर्षीया किशोरीसहित दुईजनाकाे काेराेना संक्रमणका कारण मृत्यु

बाँकेमा १८ वर्षीया किशोरीसहित दुईजनाकाे काेराेना संक्रमणका कारण मृत्यु

शनिवार, कार्तिक १ २०७७

  • 261
    SHARES

  • बाँकेमा १८ वर्षीया किशोरीसहित दुईजनाकाे काेराेना संक्रमणका कारण मृत्यु

    काठमाडौं, कार्तिक। बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोका १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

    स्वास्थ्यमा समस्या भएपछि असोज २४ गते भर्ना भएका भृकुटीनगरका ६१ वर्षीय पुरुषको भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको शुक्रबार राती नौ बजे मृत्यु भएको हो । उनको भेरी अस्पतालमा मृत्यु भयो ।

    त्यस्तै, कारकादोकी १८ वर्षीया किशोरीको पनि शुक्रबार राति साढे नौ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

    असोज २८ गते अस्पताल पुगेकी किशोरीलाई २९ गते कोरोना पुष्टि भएको थियो । दुई ठूला अस्पतालमा आधा घण्टाको फरकमा दुई जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

    शनिवार, कार्तिक १ २०७७१०:११:५१

    डेमो खबर

    सम्बन्धित समाचार