Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images

काठमाडौं उपत्यका : " थप दुई हजार ४०२ मा कोरोना सङ्क्रमण "

काठमाडौं उपत्यका : " थप दुई हजार ४०२ मा कोरोना सङ्क्रमण "

शुक्रवार, आश्विन ३० २०७७

  • 273
    SHARES

  • काठमाडौं उपत्यका : " थप दुई हजार ४०२ मा कोरोना सङ्क्रमण "

     

    काठमाडौं, असोज  । काठमाडौं उपत्यकामा दुई हजार ४०२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४०२ सङ्क्रमित थपिएका छन् ।
    मन्त्रालयले काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट तीन हजार ५२२ सङ्क्रमित निको भएर घर फर्केका छन् । ८८ हजार ४०  कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३७ हजार ३८२ पुगेको छ ।
    मन्त्रालयका अनुसार,  पछिल्लो चौबीस घण्टामा चार हजार ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १६ हजार ५३१ को आरटीपीसीआर परीक्षण गरिएको छ ।

    शुक्रवार, आश्विन ३० २०७७०६:२२:५७

    डेमो खबर

    सम्बन्धित समाचार