Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images
गृहमन्त्रीको प्रहरीलाई निर्देशन

विप्लव समूह : " निस्तेज पार्न कुनै सम्झौता नगर्नुस् "

विप्लव समूह : " निस्तेज पार्न कुनै सम्झौता नगर्नुस् "

शुक्रवार, आश्विन ३० २०७७

  • 445
    SHARES

  • विप्लव समूह : " निस्तेज पार्न कुनै सम्झौता नगर्नुस् "

     

    काठमाडौं, असाेज । प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न गृहमन्त्री रामबहादुर थापा नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

    शुक्रबार प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् ।

    ‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक,अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन्’, बादलले भनेका छन्, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ ।’

    उनले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि निर्देशन दिएका छन् । त्यसका लागि मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराउने वचन पनि बादलले दिएका छन् ।

    महामारी नियन्त्रणका क्रममा लगिएको लकडाउन र संक्रमणका कारण नयाँ सुरक्षा चुनौतीहरुको सामना गर्नु परिरहेको बताउँदै उनले यसमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।

    शुक्रवार, आश्विन ३० २०७७०५:५०:३५

    डेमो खबर

    सम्बन्धित समाचार