Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images
कोरोना भाइरसको संक्रमण

नेपालमा काेराेना : "पछिल्लो २४ घण्टामा थप ४,३९२ मा संक्रमण पुष्टि"

नेपालमा काेराेना : "पछिल्लो २४ घण्टामा थप ४,३९२ मा संक्रमण पुष्टि"

शुक्रवार, आश्विन ३० २०७७

  • 293
    SHARES

  • नेपालमा काेराेना : "पछिल्लो २४ घण्टामा थप ४,३९२ मा  संक्रमण पुष्टि"

     

    काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२  काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ को मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

    देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।

    शुक्रवार, आश्विन ३० २०७७०५:३०:४५

    डेमो खबर

    सम्बन्धित समाचार