Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images
चीनले नेपाली भूमि अतिक्रमण

कांग्रेसकाे ठहर : " हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेकै हो"

कांग्रेसकाे ठहर : " हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेकै हो"

बुधवार, आश्विन २८ २०७७

  • 477
    SHARES

  • कांग्रेसकाे ठहर  : " हुम्लामा चीनले  नेपाली सीमा अतिक्रमण  गरेकै हो"

     

    काठमाडौं, असाेज  । हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ ।

    हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ ।

    प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताएका छन् । ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ’ शर्माले भनेका छन् ।

    कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।

    दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सिमा मिचिएको छैन’ भनी परराष्ट्र मन्त्रालय बोल्नु र सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु लज्जास्पद र आपत्तिजनक विषय भएको कांग्रेसले बताएको छ ।

     

    हेर्नुहोस् कांग्रेसको विज्ञप्ति

    बुधवार, आश्विन २८ २०७७०६:००:४२

    डेमो खबर

    सम्बन्धित समाचार