Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images
नेकपा कर्णाली सरकार बिबाद

नेकपा बरिष्ठ नेता भन्छन : "प्रधानमन्त्री ओलीको ‘पोलिटिकल टेष्ट’ हो !"

नेकपा बरिष्ठ नेता भन्छन : "प्रधानमन्त्री ओलीको ‘पोलिटिकल टेष्ट’ हो !"

मंगलवार, आश्विन २७ २०७७

  • 597
    SHARES

  • नेकपा बरिष्ठ नेता भन्छन : "प्रधानमन्त्री ओलीको ‘पोलिटिकल टेष्ट’ हो !"

     

    कठमाडौँ, असोज  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) थालनी भएको बिबाद प्रदेशमा पुगेर छताछुल्ल हुँदैछ ।  कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद  अहिले उत्कर्षमा छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले ल्याएको अविश्वासको प्रस्तावले कम्युनिष्टभित्रको  राष्ट्रिय राजनीति  नै तरंगित बन्दै गएको छ ।  
    नेकपाभित्र उत्पन्न बिबाद प्रदेश सरकारमा पुग्नु पनि केदिन्य राजनीतिको एउटा खेल नै रहेको नेकपाका एक बरिष्ट नेताले बताए । उनले थपे, केन्द्रमा बिबाद रहेका बेला प्रदेशमा पुग्नु केन्द्रकै ईशारामा भएको हो । उनले यशो पनि भने, प्रधानमन्त्री ओलीले पार्टीको महाधिबेशन नजिकिएका बेला दलभित्रको राजनीतिक चलखेल कता जाँदै रहेछ, ध्रुवीकरण कता र कस्तो बन्दो रहेछ, को कता लाग्दा रहेछन ? समीकरण  कस्ता बन्दा रहेछन भनेर आफ्ना विश्वासपात्र लगाएर अविश्वास ल्याएको बताए ।

    सरकारमा रहेका एक बरिष्ठ मन्त्रीले भने, आफ्ना नजिकका विश्वासपात्रसँग दलको महाधिबेशनसम्म आईपुग्दा माओवादी पक्ष त्यसमाथि पनि प्रचण्ड पक्षलाई पाखा लगाउने रणनीति अन्तर्गत अाएको पनि बताए ।  उनले थपे, यो बिबाद अध्यक्षद्धयले मिलाउन चाहेर मिल्ने होइन, यो त डिजाइन अन्तर्गत आएकाले खेल अगाडि बढ्छ । अब ओलीलाई सघाउने र पक्षका रहन्छन, अरु बिस्तारै पाखा लाग्दै जान्छन र अब लगाउदै जाने पनि हो ।
    एमाले र माओवादी एक ठाउँ भएपछि आउने आगामी महाधिबेशनमा राजनीतिक धार कता जान्छ र कस्तो हुन्छ भन्नेबारे नेकपाभित्र अन्यौल नै छ ।  महाधिबेशनमा को बडारिन्छ थाहा हुदैन, त्यो ल्कियर गर्ने हो,  प्रधानमन्त्री ओली निकट एक बरिष्ठ सदस्यले भने । 
    यसबारे केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति नजुट्नुमा पनि कारण त्यही हो  । प्रदेश राजधानी वीरेन्द्रनगरमो दुई समूहबीच छलफल भए, सहमति जुटेन, संभवत ः यो डिजाइन अनुरुप चाहिँ नजुट्ने नै अवस्था पनि छ  । तर, दुवै समूह आ–आफ्नो अडानमा टसमस भएनन् । सहमतिमा आउनुको साटो दलको विवाद झनै उत्कर्षमा पुगेको मुख्यमन्त्री शाही निकट एक सांसदले बताए ।
    ‘यो विषयलाई सुल्झाउन हामीले लगातार दुईदिन प्रयास गर्यौं,’ ती सांसदले  भने, ‘विबाद सुल्झिनुको साटो झनै उत्कर्षमा पुगेको छ । प्रयास जारी छ हेर्दै जाउँ के हुन्छ ।’ नेताले विश्वास जित्नुपर्नेमा झनै अविश्वासको वातावरण बन्दै गएको पनि उनले बताए । उनले भने, ‘यसले उपयुक्त निकास दिँदैन । 
    नेकपा कर्णाली प्रदेशको संसदीय दलको विवाद मिलाउन केन्द्रले जस्तोसुकै प्रयास गरे पनि आफूहरुलाई मान्य नहुने हस्ताक्षरकर्ता सांसदले बताएका छन । यसले नै के  स्पष्ट गर्छ भने केन्द्रको निर्देशन नै त्यस्तै छ । ‘यो प्रदेशको आन्तरिक मामिला हो । 
    दलका नेताविरुद्ध सत्तापक्षकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलको बैठक पनि दुवै पक्षले छुट्टाछुट्टै बोलाएका छन ।
    नेता शाहीले पदमुक्त गरेका प्रमुख सचेतक शाहले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका छन् भने सोमबारै प्रमुख सचेतक नियुत्त भएकी सीता नेपालीले पनि बैठक बोलाएकी छन ।
    तर उता शाहले भने मंगलबार दिउँसो एक बजे आफनो नेतृत्वमा बैठक बस्ने र निर्णय पनि गर्ने बताए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद शाहकै अध्यक्षतामा बैठक बस्ने बताउँछन् । हस्ताक्षरकर्तामध्येका एक सांसद धर्मराज रेग्मीले मुख्यमन्त्री एवम् दलका नेता शाहीकै रोहबरमा प्रमुख सचेतक शाहलाई अविश्वासको प्रस्ताव बुझाएकाले शाहकै अध्यक्षतामा बैठक बस्ने बताए ।
    मुख्यमन्त्री शाही पक्षधर सांसद गोपाल शर्मा भने संसदीय दलको नेताविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु राजनीतिक अराजकता भएको बताउँछन । 
    ‘जनताले स्थिरताको अपेक्षा गरेका छन । हामी अस्थिरता सिर्जना गर्दैछौं ।  यो राजनीतिक अराजकता हो,’ उनले भने । सरकारका कमी कमजोरीको आलोचना गरेर अगाडि बढ्नुपर्नेमा बरिष्ठ भनिएकाबाटै यस्तो कार्य हुनु गलत भएको अर्का एक सांसदले बताए ।

    मंगलवार, आश्विन २७ २०७७१०:२७:०५

    बाबुराम कार्की

    सम्बन्धित समाचार