Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

कर्णाली प्रदेश सरकार : ' मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता'

कर्णाली प्रदेश सरकार : ' मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता'

आइतवार, आश्विन २५ २०७७

  • 285
    SHARES

  • कर्णाली प्रदेश सरकार :  ' मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता'

     

    सुर्खेत,असाेज  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    आइतबार १८ को हस्ताक्षरसहीत  शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

    अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्य यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

    नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको काम कारबाही फितलो भएको सांसदको आरोप छ ।

    कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा एक चौथाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

    आइतवार, आश्विन २५ २०७७०६:४२:१३

    डेमो खबर

    सम्बन्धित समाचार