Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images
नेकपा रुपन्देहीले भन्यो

राजधानी सार्ने प्रस्ताव : "संविधानको भावना विपरीत"

राजधानी सार्ने प्रस्ताव : "संविधानको भावना विपरीत"

आइतवार, आश्विन १८ २०७७

  • 297
    SHARES

  • राजधानी सार्ने प्रस्ताव  :  "संविधानको भावना विपरीत"

     

    बुटवल, असाेज  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला कमिटीले प्रदेशको राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति विरोध जनाएको छ ।

    प्रदेश राजधानी तोक्दा संविधानले प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको नेकपाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

    ‘कोरोना महामारीको विषम अवस्थामा प्रदेश सरकारले राजधानी सार्न पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिंदैन’ पार्टी अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जीसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रदेश राजधानी सार्दा रुपन्देही र यस आसपासका नागरिकलाई असुविधा पर्ने भएकाले जनमत आन्दोलित हुनु स्वाभाविक भन्दै नेकपाले राजनीतिक दल, संघ संस्था तथा नागरिकलाई संयमित रुपमा आफ्नो मत राख्न आग्रह गरेको छ ।

    नेकपाले रुपन्देहीवासी र यहाँका संघ संस्थाले प्रदेश सरकार र यसका विभिन्न अंगलाई स्थापित गर्न गरेको योगदानको सम्मान गर्न पनि प्रदेश सरकारलाई विज्ञप्तिमार्फत अपिल गरेको छ ।

    ‘प्रदेश सरकारले ठूलो धनराशी समेत खर्च गरी भौतिक पुर्वाधार  निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाई यस क्षेत्रको पार्टी पंक्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

    नेकपाको तिलोत्तमा नगर कमिटीले पनि प्रदेशको राजधानी सार्ने प्रस्ताव उपयुक्त नभएको भन्दै रुपन्देहीलाई नै कायम गर्न माग गरेको छ ।

    नगर अध्यक्ष मोहन चापागाई र सचिव लक्ष्मण खनालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भौतिक पूर्वाधार र जनसंख्याका हिसाबले पनि रुपन्देही नै उपयुक्त रहेको दावी गरेको छ ।

     

     

    हेर्नुहोस् नेकपाको रुपन्देही जिल्ला कमिटीको विज्ञप्ति  : 

     

    आइतवार, आश्विन १८ २०७७०४:१९:२८

    डेमो खबर

    सम्बन्धित समाचार