Logo

शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020

images

नेपालमा कोरोना : "१५५९ मा संक्रमण पुष्टि, उपत्यकाका ९०२"

नेपालमा कोरोना : "१५५९ मा संक्रमण पुष्टि, उपत्यकाका ९०२"

बुधवार, आश्विन १४ २०७७

  • 361
    SHARES

  • नेपालमा कोरोना   : "१५५९ मा संक्रमण पुष्टि, उपत्यकाका ९०२"

     

    काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा  थप १५५९ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ को मृत्युभएको छ भने ५६ हजार ४२८ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०५७  संक्रमणमुक्त भएका छन् । देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ होम र १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् ।

    कहाँ कति थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा मात्र ९०२  संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९७ जना, ललितपुरका ११२ र भक्तपुरका ९३  छन् ।

    यस्तै, मोरङका ९८, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ , बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० र काभ्रेका ९ मा संक्रमण पुष्टि भएको छ ।

    धादिङ र डोटीका ८/८ , सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ , तनहुँ, दाङ र दैलेखका ५/५ , कालीकोटका ४, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ , सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ मा संक्रमण देखिएको छ ।

     

    बुधवार, आश्विन १४ २०७७०५:२४:५९

    डेमो खबर

    सम्बन्धित समाचार