Logo

शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020

images
विश्व स्वास्थ्य संगठन भन्छ

कोभिड–१९ परीक्षण : "१५ देखि ३० मिनेटभित्र सङ्क्रमण पत्ता लाग्ने"

कोभिड–१९ परीक्षण : "१५ देखि ३० मिनेटभित्र सङ्क्रमण पत्ता लाग्ने"

मंगलवार, आश्विन १३ २०७७

  • 401
    SHARES

  • कोभिड–१९  परीक्षण  : "१५ देखि ३० मिनेटभित्र सङ्क्रमण पत्ता  लाग्ने"

     

    काठमाडौं, असोज  । केही मिनेटभित्रै कोभिड–१९ सङ्क्रमण पुष्टयाउने प्रविधिको विकास भएको छ । न्यून र मध्यम आय भएका राष्ट्रमा सङ्क्रमित पत्ता लगाएर कोभिडविरुद्धको लडाइँमा क्षमता बिस्तार गर्न नाटकीय परिवर्तन आउने विश्व स्वास्थ्य संगठनले दाबी गरेको छ ।
    स्वास्थ्य सामग्री र पूर्बाधारको अभाव तथा प्रयोगशाला व्यवस्थित नभएका राष्ट्रमा उक्त प्रबिधिको प्रयोग गरी कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन सहज हुने संगठनले जनाएको छ । उत्पादकसँगको सहमतिमा आगामी छ महिनाभित्र कम्तीमा १२ करोड परीक्षण गरिने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । उक्त प्रबिधिको प्रयोग गरी परीक्षण गरेमा प्रति परीक्षण करिब पाँच सय रुपियाँ खर्च हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
    स्वाबका लागि नमूना दिएपछि परिणाम जानकारी पाउन लामो समय पर्खिदा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा राख्न न्यून र मध्यम आय भएका राष्ट्रले ठूलो चुनौतीको सामना गर्नुपरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रस अदनोम गेब्रेससले १५ देखि ३० मिनेटभित्र उक्त प्रबिधिले सङ्क्रमणको अवस्था निक्र्योल गर्ने बताए ।
    बीबीसीका अनुसार , डा. गेब्रेससले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँगको सहकार्यमा अबोट्ट र एसडी बायोसेन्सरले १२ करोड ब्यक्तिमा परीक्षण गर्न सकिने गरी किट उत्पादन गर्ने सहमति गरेको जानकारी दिए । उक्त सम्झौतामा करिब १३३ राष्ट्रका लागि आपूर्ति गरिने उल्लेख गरिएको छ ।
    डा. गेब्रेससले भने, “सङ्क्रमण उच्च हुने, प्रयोगशालाको सुविधा नहुने र स्वास्थ्यकर्मी पुग्न असहज हुने स्थानमा यसले परीक्षणको दायरा बढाउनेछन् ।”

     

    मंगलवार, आश्विन १३ २०७७०४:१४:५७

    डेमो खबर

    सम्बन्धित समाचार