Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

'महिला पनि प्रधानमन्त्री बन्न सक्छन' : देउवा

'महिला पनि प्रधानमन्त्री बन्न सक्छन' : देउवा

सोमवार, आश्विन ५ २०७७

  • 1.3K
    SHARES

  • 'महिला पनि प्रधानमन्त्री बन्न सक्छन' :  देउवा

     

     

    काठमाडौं, असोज  ।  महिलाले प्रतिभा र क्षमता देखाएर काँग्रेसको पार्टी सभापति बन्नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन । सभापति देउवाले महिला मतदाताको सङ्ख्या बढाउँदै लगेमा काँग्रेसको सभापति मात्र होइन पार्टीको तर्फबाट प्रधानमन्त्री र राष्ट्रपति जस्ता सर्वोच्च पदमा पुग्न कसैले रोक्न सक्दैन, भने।
    मंगलादेवी स्मृति प्रतिष्ठानको आयोजनामा लौहपुरुष गणेशमान सिंहको २३ स्मृति दिवसका सन्दर्भमा सोमबार आयोजना गरिएको ‘नेपालमा महिला समानताको संवैधानिक तथा कानुनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भच्र्युल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो विचार राखेका  हुन।
    छलफलमा काँग्रेसको १४ औं महाधिवेशनमा महिलालाई सभापति बनाउनेबारे तपाईंको विचार छ के भनी सभापति देउवासमक्ष जिज्ञासा राखिएको थियो ।
    त्यसपछि सभापति देउवाले भने, ‘‘म त महिला मैत्री मान्छे हुँ, महिला आयोग मैले नै बनाएको हो, पार्टीका तल्लो तहसम्मको कार्य समितिमा महिलाको ३३ प्रतिशत स्थान सुरक्षित गरिएको छ । अब पार्टीका सहमहामन्त्री, महामन्त्री, उपसभापति, सभापति सबै पदमा महिला पुग्न सक्नुहुन्छ ।’’
    आ–आफ्नोतर्फबाट मतदाताको सङ्ख्या बढाउन सबै महिलासँग आग्रह गर्दै उनले गणेशमान सिंहको सङ्घर्ष, बलिदान र त्याग अनुकरणीय रहेको चर्चा गरे । सभापति देउवाले महिला अधिकारका लागि राणाशासनदेखि पञ्चायतकालसम्म अतुलनीय सङ्घर्ष गर्ने साहसी महिलानेत्री मंगलादेवी सिंहले कुनै लाभको पद भने नपाएको उल्लेख गरे ।
    पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री पदको प्रस्ताव राजाबाट आउँदा गणेशमान सिंहले त्यसलाई अस्वीकार गरेकाे चर्चा गर्दै उनले १५ वर्ष जेल र त्यति नै भारत समय प्रवासमा बस्नुपरेको बताए । नेता सिंहले काँग्रेस महाधिवेशन स्वस्थ प्रतिस्पर्धाका आधारमा विधानसम्मत् हुनुपर्नेमा जोड दिए ।
    नेत्री सुजाता कोइरालाले पार्टीभित्र माथिदेखि तलसम्म झागिएको गुट उपगुटलाई अन्त्य गर्ने दिशामा क्रियाशील हुन सभापति देउवालाई आग्रह गरे । 

    सोमवार, आश्विन ५ २०७७०७:२१:२६

    डेमो खबर

    सम्बन्धित समाचार