Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

हिम चितुवा आङरिता शेर्पाको निधन

हिम चितुवा आङरिता शेर्पाको निधन

सोमवार, आश्विन ५ २०७७

  • 441
    SHARES

  • हिम चितुवा आङरिता शेर्पाको निधन

     

    सोलुखुम्बु, असोज  । विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उgका आफन्तले जानकारी दिए ।

    सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाह संस्कार गर्ने तयारी गरिएको छ ।

    उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

    सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक पटक आरोहण गरेका थिए ।

     

    सोमवार, आश्विन ५ २०७७०७:०७:१६

    डेमो खबर

    सम्बन्धित समाचार