Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

४८ रुपैयाँमा खरिद गरेको प्याज १२० मा बच्ने व्यवसायी पक्राउ

४८ रुपैयाँमा खरिद गरेको प्याज १२० मा बच्ने व्यवसायी पक्राउ

बुधवार, भाद्र ३१ २०७७

  • 665
    SHARES

  • ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० मा बच्ने व्यवसायी पक्राउ

    काठमाडौं, भदाै ।  भारतले नेपालमा प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा कालोबजारी शुरु भएको छ । नेपाली बजारमा कुनै पनि सामानको अभाव तथा आयात रोकिएमा व्यवसायीहरुले कालोबजारी गर्ने प्रचलन नयाँ होइन ।

    भारतले सोमबारदेखि नेपालमा प्याज निर्यात रोक लगाएकाले प्याजको कालोबजारी मौलाएको छ । बुधबार बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई प्याज कालोबजारी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।

    बिहान काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बल्खु तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेच्दै गरेका व्यापारी सुनिल केसीलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।

    उनका अनुसार अनुगमनका क्रममा बल्खुका दुई वटा पसलमा ११९ बोरा प्याज सिल गरिएको र अन्य व्यापारीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरिएको छ ।

    बुधवार, भाद्र ३१ २०७७०१:०५:४६

    डेमो खबर

    सम्बन्धित समाचार