Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

देशभर विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु

देशभर विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु

बुधवार, भाद्र ३१ २०७७

  • 441
    SHARES

  • देशभर विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु

     काठमाडौं, भदाै । यस वर्षको वैशाखदेखि देशभर बाढी, पहिरोलगायतका विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु भएको छ भने एक सय २ जना बेपत्ता भएका छन् ।

    विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङ लागेर मात्र ६२ जनाको मृत्यु भएको छ ।

    वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । पहिरोमा परी २ सय ७० जनाको मृत्यु भएको छ ।

    यसैगरी ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन् । चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ ।

    प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङका कारण देशभर तीन सय ३६ जनाको मृत्यु, एक सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन् ।

    बुधवार, भाद्र ३१ २०७७१२:५०:०८

    डेमो खबर

    सम्बन्धित समाचार