Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images
मन्त्रिपरिषद्को बैठक

लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै खुल्ने सरकारको निर्णय

लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै खुल्ने सरकारको निर्णय

मंगलवार, भाद्र ३० २०७७

  • 3.6K
    SHARES

  • लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै खुल्ने सरकारको निर्णय

    काठमाडौं, भदाै  । लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात शुुरु गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउने छन् । उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनु पर्नेछ ।

    त्यस्तै, व्यवसायीले सरकारले तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने भएका छन् ।

    मंगलवार, भाद्र ३० २०७७०६:५७:१०

    डेमो खबर

    सम्बन्धित समाचार