Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
एडीबीको आर्थिक प्रक्षेपण

नेपालको आर्थिक वृद्धि : "यो वर्ष १.५ प्रतिशत मात्र रहने अनुमान"

नेपालको आर्थिक वृद्धि : "यो वर्ष १.५ प्रतिशत मात्र रहने अनुमान"

मंगलवार, भाद्र ३० २०७७

  • 689
    SHARES

  • नेपालको आर्थिक वृद्धि  :  "यो वर्ष  १.५ प्रतिशत मात्र  रहने अनुमान"

     

     

    काठमाडौं, भदाै  । चालु  आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । सरकारले भने  ७ प्रतिशत हाराहारीमा रहने अनुमान गरेकाे छ ।  

    एडीबीले गत अपि्लमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र  नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधि खुम्चन पुगेकाे जनाइएकाे छ । 

    एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीले गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान एडीबीकाे छ । 

    बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । एडीबीको प्रक्षेपण समेत केही न केही मिल्ने देखिएको छ ।

    एडीबीको तथ्यांक अनुसार सन् २०२० मा २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ । यो वर्षको अन्तिम प्रतिवेदन भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन । दक्षिण एसियामा माल्दिभ्सले फड्को मार्ने, नेपाल र अफगानिस्थान सबैभन्दा कमजोर

    दक्षिण एसियाली मुलुकमा पर्यटन अर्थतन्त्रको मूख्य आधार भएका मुलुकको कुल गार्हस्थ उत्पादन सन् २०२० मा नराम्रोसँग खुम्चन पुग्यो ।

    तर, चालु आवमा तीन मुलुकले भने फड्को मार्नेछ । किनकी सन् २०२० मा ती मुलुकको जीडीपी अत्यन्तै तल गिरेको छ । सन् २०२० मा माल्दिभ्सको आर्थिक वृद्धिदर -२०.५ प्रतिशत कायम रहने प्रक्षेपण एडीबीको रहेको छ ।

    सन् २०२१ मा यो चोटबाट मुलुकहरु क्रमशः माथि उठ्न थाल्नेछन् । माल्दिभ्सले चालु आवमा सबैभन्दा बढी १०.५ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने अनुमान एडीबीले गरेको छ । -९ प्रतिशतले खुम्चिएको भारत पनि चालु आवमा भने उठ्नेछ ।

    भारतको ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ । आर्थिक वृद्धिदरको हिसावले यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुनेछन् ।

    दक्षिण एसियाली मुलुक (प्रतिशतमा) : 

    मुलुक सन् २०१९ सन् २०२० सन् २०२१
    अफगानिस्तान -५ १.५
    बंगलादेश ८.२ ५.२ ६.८
    भुटान ४.४ २.४ १.७
    भारत ४.२ -९
    माल्दिभ्स ५.९ -२०.५ १०.५
    नेपाल २.३ १.५
    पाकिस्तान १.९ -०.४
    श्रीलंका २.३ -५.५ ४.१
    समग्र दक्षिण एसिया ४.३ -६.८ ७.१

     

    मंगलवार, भाद्र ३० २०७७०४:२९:४७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार