Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

त्रिवि पदाधिकारीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

त्रिवि पदाधिकारीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

मंगलवार, भाद्र ३० २०७७

  • 481
    SHARES

  • त्रिवि पदाधिकारीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    काठमाडौँ, भदाै । नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

    त्रिविलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको ब्यारेक बनाएको, भर्ति केन्द्र बनाएको र विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

    नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावलले विश्वविद्यालयका भ्रष्ट पदाधिकारीको राजीनामा मागिएको बताए। नियम विपरीत गरिएका नियुक्ति खारेज गर्न पनि नेविसंघले माग गरेको उनले जानकारी दिए।

    त्रिविले छ महिना हुँदा पनि कोरोना प्रभावित विद्यार्थीको परीक्षा र पठनपाठनको उपयुक्त विकल्प निकाल्न नसकेको पनि रावलको भनाइ छ।

    यस्ता छन् नेविसंघका माग
    त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालय पदाधिकारी प्रवेश निषेध किन?

    १. हालका पदाधिकारी आएको १ वर्ष हुनलाग्यो, विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको न कुनै भिजन छ न योजना र कार्यक्रम नै।

    २. आफू नियुक्ति भएदेखि नै प्राज्ञिक मर्यादा र क्षमताको आधारमा होइन नेकपाका कार्यकर्तालाई नियुक्ति गरी त्रिविलाई दलीयकरणको पराकाष्ठमा पुर्‍याएको।

    ३. त्रिवि विभिन्न निकायमा पदाधिकारी नियुक्ति गर्दा त्रिविको नियमलाई लत्याएर मनपरी ढंगले आफ्ना कार्यकर्ता भर्ती गरी त्रिविको ऐन नियमको खिल्ली उडाएको।

    ४. लामो समयदेखि उच्च शिक्षाका नाममा बिश्व बैंकबाट ऋण लिँदै आएता पनि बिद्यार्थीले महँगो शुल्क तिर्नु परिरहेको तर पनि शैक्षिक क्षेत्रमा केही सुधार नदेखिँदा नदेखिँदै आमसरोकारवाला सँगको बृहत समीक्षाविना नै पुनः ऋण लग्ने तयारी भइरहेको।

    ५. कोभिड १९ महामारीको समयमा विश्वविद्यालयजस्तो संस्था ६ महिनासम्म कक्षा सञ्चालन, परीक्षा व्यवस्थापन लगायतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएको।

    ६. विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठन, परीक्षालगायतका विषयमा विद्यार्थीको हकहितमा विभिन्न मुद्दाहरु उठाउने र त्यसका लागि उपयुक्त व्यवस्थाको माग गर्ने विद्यार्थीहरुलाई झुट्ठा आरोप लगाई सार्वजनिक मुद्दा लगाइएको।

    ७. त्रिविको शैक्षिक प्राज्ञिक क्रियाकलाप सञ्चालन र प्रशासनिक व्यवस्थापनमा त्रिविको ऐननियम विरुद्धका कार्यहरु तत्काल खारेज गरी यस्ता क्रियाकलाप बन्द गर्न आवाज उठाउने नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावल बिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरी विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थाको इतिहासमा कहिले नभएको दुर्गन्धित हर्कत गरिएको छ।

    ८. पदाधिकारीमा हाल देखिएको सर्वसत्तावादी सोचबाट त्रिविलाई मुक्त गरी स्वच्छ प्राज्ञिक शैक्षिक संस्थामा परिणत गर्न।

    ९. विश्वविद्यालयको एकाडेमिक क्यालेण्डर कायम गर्ने र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न।

    मंगलवार, भाद्र ३० २०७७०२:५३:१९

    डेमो खबर

    सम्बन्धित समाचार