Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images

क्रिकेटर ललित भण्डारीको उपचारका लागि सीप्यानद्धारा सहयोग संकलन सुरु

क्रिकेटर ललित भण्डारीको उपचारका लागि सीप्यानद्धारा सहयोग संकलन सुरु

मंगलवार, भाद्र ३० २०७७

  • 285
    SHARES

  • क्रिकेटर ललित भण्डारीको उपचारका लागि सीप्यानद्धारा सहयोग संकलन सुरु

      काठमाडौँ, भदाै ।   काठमाण्डौ क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

    सीप्यानकातर्फबाट अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले आज विज्ञप्तिमार्फत दुर्घटनामा घाइते भएका खेलाडी भण्डारीलाई उपचारको लागि आर्थिक सहयोग जरुरी रहेको भन्दै रकम जुटाउने निर्णय गरेकाे हो । 

    यसको लागि खेलाडीहरुले पनि आफूसक्दो सहयोग गर्ने भएका छन् । यस्तै सहयोग गर्न चाहनेहरुले सेन्चुरी कर्मसियल बैंक पुतलीसडकको खाता नम्बर ०० १ ००० २५ २९ सीएमा रकम जम्मा गर्न पनि सीप्यानले अनुरोध गरेको छ ।

    कैलालीमा मोटरसाइकल दुर्घटनामा परेका भण्डारीलाई हिजो काठमाण्डौ ल्याइएको छ । 

    मंगलवार, भाद्र ३० २०७७१२:१८:१९

    डेमो खबर

    सम्बन्धित समाचार