Logo

मंगलवार, आश्विन १३ २०७७Sep 29 2020

images

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

मंगलवार, भाद्र ३० २०७७

  • 281
    SHARES

  • अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

    काठमाडौँ, भदाै ।  अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ ।

    पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकको ज्यान गएको हो ।

    प्राप्त समाचार अनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो ।

    त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ ।

    सोही स्थानमा केही दिनमत्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो ।

    सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

    अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । उक्त समाचारका अनुसार बागदिस जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको छ ।

    तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

    हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ ।रासस

    मंगलवार, भाद्र ३० २०७७१२:१६:४७

    डेमो खबर

    सम्बन्धित समाचार