Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

बागलुङ : 'पहिरोले तीन घर पुर्यो, एकको मृत्यु'

बागलुङ : 'पहिरोले तीन घर पुर्यो, एकको मृत्यु'

आइतवार, भाद्र २८ २०७७

  • 405
    SHARES

  • बागलुङ : 'पहिरोले तीन घर पुर्यो, एकको मृत्यु'

     

    बलेवा, भदौ ।  बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

    उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

    बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको स्थानीयले  जानकारी िदएका छन । ।

    आज बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ । 

    आइतवार, भाद्र २८ २०७७०९:५०:०४

    डेमो खबर

    सम्बन्धित समाचार