Logo

मंगलवार, आश्विन १३ २०७७Sep 29 2020

images

रियालाई २२ सेप्टेम्वर सम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

रियालाई २२ सेप्टेम्वर सम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

बुधवार, भाद्र २४ २०७७

  • 673
    SHARES

  • रियालाई २२ सेप्टेम्वर सम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

    बलिउडकी अभिनेत्री रिया चक्रवर्तीलाई भारतको लागु औषध नियन्त्रण निकायले आफ्नो प्रमी तथा अभिनेता सुशान्त सिंह राजपुतका लागि लागु औषध किनेर दिएको अभियोगमा गिरफतार गरेको छ ।

    चौंतिस वर्षिय राजपुतलाई गत १४ जुनमा मुम्वइ स्थित आफ्नै फ्लयाटमा मृत अवस्थामा फेला पारिएको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएका थिए ।

    तर राजपुतका परिवारले रियाले उनलाई आत्महत्या गर्न सघाएको भन्दै प्रहरी समक्ष उजुरी दर्ता गरेको थियो । पक्राउ पछि रियाले कुनै प्रतिक्रिया दिएकी छैन । तर यस अघि उनले आफुले कुनै पनि गलत काम नगरेको बयान दिँदै आएकी थिइन् ।

    गत साता रियाका भाइ शोविक र राजपुतका पुर्व म्यानेजर स्यामुयल मिरान्डालाई पनि यहि ड्रग्सको विषयलाई लिएर प्रहरीले गिरफतार गरेका थिए । तर तिनीहरु विरुद्ध लगाइएको औपचारिक अभियोग अझ सम्म सार्वजनिक गरिएको छैन ।

    तर यिनीहरु तिनैजनालाई सुशान्तलाई गाँजा सेवनको व्यवस्था र पैसाको बन्दोवस्त गरिदिने गरेको आरोप लगाइएको हुनसक्ने बताइएको छ । रियाको जमानत अस्विकार गदैं अदालतले उनलाई २२ सेप्टेम्वर सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

    बुधवार, भाद्र २४ २०७७०२:४१:०७

    डेमो खबर

    सम्बन्धित समाचार