Logo

मंगलवार, आश्विन १३ २०७७Sep 29 2020

images
कोरोना संक्रमणले अर्थतन्त्र शिथिल

डा. खतिवडा आधिकारिक रुपमा बालुवाटार छिर्दै : “पुनः अर्थमन्त्रालयको जिम्मेवारीमा !” 

डा. खतिवडा आधिकारिक रुपमा बालुवाटार छिर्दै : “पुनः अर्थमन्त्रालयको जिम्मेवारीमा !” 

सोमवार, भाद्र २२ २०७७

  • 7.8K
    SHARES

  • डा. खतिवडा आधिकारिक रुपमा बालुवाटार छिर्दै : “पुनः अर्थमन्त्रालयको जिम्मेवारीमा !” 

     


    काठमाडौं, भदौ  । निबर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थ सल्लाहकार बिज्ञका रुपमा प्रधानमन्त्री कार्यालयमा राखी अर्थ मन्त्रालय हेर्ने जिम्मेवारी दिने तयारी गरिएको छ । आर्थिक क्षेत्रमा निकै अनुभव सम्हालेका बिज्ञ डा. खतिवडाले अर्थमन्त्रीका रुपमा रहेर जिम्मेवारी सम्हाल्दा राम्रो ‘परफरमानेन्स’ देखाएको प्रधानमन्त्री ओलीको बुझाई छ । 
    देश कोराना महमारीको संकटमा रहँदा पनि अर्थतन्त्रलाई निकै राम्रो तरिकाले ब्यवस्थापन गरेर आर्थिक संकटतर्फ जानबाट रोक्न सफल अर्थमन्त्रीका रुपमा पहिचान बनाएका छन । डा. खतिवडाले नेकपाभित्र अर्थतन्त्रलाई गति दिनसक्ने बिज्ञ एवं कुशल ब्यतित्व पनि नरहेको र अन्तर्राष्ट्रिय जगतमा पनि ‘ईकोनोमिक डिलिङ’ गर्नसक्ने क्षमता राख्नसक्ने एकै ब्यत्तित्वका रुपमा पनि डा. खतिवडा नै रहेको बुझाई प्रधानमन्त्री ओलीको रहेको बालुवाटार स्रोतले बताएको छ । 
    कोरोना संक्रमणले देशको अर्थतन्त्र शिथिल भएका बेला देशभित्र सन्तुलित ब्यवस्थापन र अन्तर्राष्ट्रिय जगतमा ‘कन्भिङसिङ डिलिङ’ गर्नसक्ने क्षमता राख्ने नेकपाभित्र एकमात्र ब्यत्तित्व डा. खतिवडा नै रहेको बुझाई प्रधानमन्त्री ओलीको रहेको र त्यसलाइं तरण दिनसक्ने ब्यत्तिका रुपमा पनि उनी सक्षम रहेको ठम्याई छ । 
    बालुवाटार स्रोत भन्छ, ‘अरु भएको ढिकुटी सक्न चाहिँ माहिर छन । यिनले चाहिँ ल्याउँछन पनि ।’ प्रधानमन्त्रीको चाहना अर्थतन्त्रलाई ‘तरण’ दिने हो । अबको प्रधामन्न्त्रीको तयारी भनेको अर्थमन्त्रालय आफै राख्ने, सल्लाहकारको रुपमा डा. खतिवडालाई राखेर अर्थ मन्त्रालय हेर्ने जिम्मेवारी दिने रहेको स्रोतको भनाई छ । 
    आइतबार साँझ प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई डाके । सो भेलामा बालुवाटारमा  राजीनामा दिइसकेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासमेत बोलाएका र उद्योगी व्यवसायीलाई पनि यस्तै छनक दिइएको उपस्थित ब्यवसायीले बताए । 
    प्रधानमन्त्री ओलीले आइतबार साँझ डा. खतिवडालाई पनि साथैमा राखेर ठूला उद्योगी व्यवसायीका तीन संगठनका प्रतिनिधिहरुका कुरा सुने । डा. खतिवडाको आगामी भूमिकाका सम्बन्धमा पनि प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई सूचना दिएको जनाइएको छ । 

    डा. खतिवडाले पदमा रहँदा ‘अर्थतन्त्रका लागि निकै महत्वपूर्ण योगदान दिएको र यस्तो जटिल परिस्थितिमा पनि अर्थतन्त्रलाई नकारात्मक हुन दिनुभएन । अर्थमन्त्रीका रुपमा रहन नसके पनि उहाँ अब पनि देशको अर्थनीति र अर्थतन्त्रलाई सबल बनाउने भूमिकामै रहनुहुनेछ ।’ भन्ने प्रधानमन्त्रीले संकेत गरेको जनाए । 

    प्रधानमन्त्री ओलीले खतिवडा अर्थमन्त्री नरहे पनि कुनै न कुनै रुपमा अर्थतन्त्रलाई सघाउने भूमिकामा रहने बताएको स्रोतको भनाई छ । उनले खतिवडालाई प्रधानमन्त्रीकै निकट रहने र कुनै ‘विशिष्ट पोर्टफोलियो’ बन्ने र त्यसमा उनलाई  नियुक्ति दिने  संकेत गरेको एक उद्योगीले डेमोखबरलाई जानकारी दिएका छन । 

     

    सोमवार, भाद्र २२ २०७७१०:०१:२३

    डेमो खबर

    सम्बन्धित समाचार