Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images
कोरोना भाइरसबाट विश्व प्रभावित

चीनमा विकसित कोरोनाविरुद्धका खोप : 'परीक्षणका लागि थप चार देश सहमत'

चीनमा विकसित कोरोनाविरुद्धका खोप : 'परीक्षणका लागि थप चार देश सहमत'

आइतवार, भाद्र २१ २०७७

  • 617
    SHARES

  • चीनमा विकसित कोरोनाविरुद्धका खोप :  'परीक्षणका लागि थप चार देश सहमत'

     

    काठमाडौँ, भदौ  । चीनको चाइना नेशनल बायोटेक ग्रुप र सिनोभेक बायोटेक लिमिटेडले चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोपलाई थप चार मुलुकले परीक्षणका लागि सहमति जनाएको जनाएका छन् ।
    नयाँ सहमति दिने मुलुकहरूमा पाकिस्तान र सर्बियासमेत रहको जनाउँदै ती कम्पनीले चीनमा कोरोना भाइरसका सङ्क्रमित घट्दै गएकाले थप तथ्याङ्क पाउनका लागि देशबाहिर बढीभन्दा बढी मात्रामा तेस्रो चरणको परीक्षण गर्न चाहेको उल्लेख गरेका छन् ।
    सर्बियाले चाइना नेशनल बायोटेक ग्रुपले वुहान र बेइजिङमा विकास गरेको दुईवटा खोपहरूको परीक्षण गर्न सहमति जनाएकाे छ भने पाकिस्तानले बेइजिङ युनिटले तयार गरेको खोपको परीक्षण गर्न सहमति जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटरलाई बताएको समाचारमा उल्लेख छ । सो बायोटेक समूहले तेस्रो चरणको परीक्षणमा दश देशका ५० हजार मानिस सहभागी हुने अनुमान गरिएको जनाएको छ । त्यस प्रकारको खोपको परीक्षण यूएई बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा शुरु भइसकेको छ ।
    साथै चीनमा विकास भइरहेको सो खोपको पचास कारोड डोजको खरिदका लागि चासो देखाएको पनि बताइएको छ ।



    आइतवार, भाद्र २१ २०७७०६:४५:३२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार