Logo

मंगलवार, आश्विन १३ २०७७Sep 29 2020

images

अमेजन मालिक बेजोस बने विश्वकै पहिलो धनी : 'सम्पत्ति २ खर्ब डलर'

अमेजन मालिक बेजोस बने विश्वकै पहिलो धनी : 'सम्पत्ति २ खर्ब डलर'

आइतवार, भाद्र १४ २०७७

  • 697
    SHARES

  • अमेजन मालिक बेजोस बने विश्वकै पहिलो धनी :  'सम्पत्ति  २ खर्ब डलर'

     

    काठमाडौं , भदाै ।  अमेरिकी कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको छ । यो सँगै उनले २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो धनी व्यक्तिको रुपमा इतिहास रचेका छन । 

    फोर्ब्स तथा ब्लुम्बर्ग बिलियनिर इन्डेक्सका अनुसार,  विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरमा वृद्धि भएसँगै कूल सम्पत्ति २ खर्ब डलर नाघेको हो । फोर्ब्सका अनुसार अमेजन कम्पनीको शेयर मूल्यमा २ प्रतिशतको वृद्धि भएसँगै बेजोसको सम्पत्ति झण्डै ५ अर्बले थपिएको हो ।

    अमेजन कम्पनीको सिइओ बेजोससँग एरोस्पेस कम्पनी ब्लु ओरिजिन तथा वाशिङ्गटन पोष्टलगायतको समेत स्वामित्व रहेको छ । तथापि अमेजन कम्पनीमा भएको उनको ११ प्रतिशतको शेयर हिस्साले उनको कूल सम्पत्तिको ९० प्रतिशत ओगटेको छ ।

    कोरोना महामारी सुरु भएसँगै ई–कमर्श कम्पनी अमेजनको व्यापार तथा आम्दानीमा तीव्र वृद्धि भैरहेको छ । सन् २०२० सुरु भएयता अमेजनको शेयर मूल्यमा ८० प्रतिशतको बढोत्तरी भैसकेको छ । जसका कारण सन् २०२० को जनवरी १ मा १ खर्ब १५ अर्ब डलर मात्र सम्पत्ति भएका बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको हो ।

    फोर्ब्सका अनुसार, बुधबार बेजोसको सम्पत्ति २ खर्ब ४ अर्ब डलर नाघेको छ । त्यस्तै ब्लुम्बर्ग बिलिनेयर इन्डेक्स अनुसार उनको सम्पत्ति २ खर्ब २ अर्ब डलर रहेको छ ।

    विश्वका अर्वपतिहरुको पहिलो स्थानमा रहेका बेजोसको सम्पत्तिको तुलनामा दोश्रो स्थानमा रहेका बिल गेट्स निकै पछाडि छन् । गेट्सको सम्पत्ति १ खर्ब १६ अर्ब १० करोड रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

    – एजेन्सीको सहयोगमा

    आइतवार, भाद्र १४ २०७७०९:२६:०२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार