Logo

मंगलवार, आश्विन १३ २०७७Sep 29 2020

images

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

बुधवार, भाद्र ३ २०७७

  • 473
    SHARES

  • युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

     काठमाडौँ, भदाै  ।  राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो ।

    तीस वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउनुभएको थियो ।

    नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो ।

    साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उहाँले नै पाउनुभएको छ । युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गर्नुभएको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गर्नुभएको थियो ।

    भानुभक्तलाई चर्चामा ल्याउने काम उहाँले गर्नुभएको थियो । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

    शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाउनुभएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताउनुभयो ।

    नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेख्नुभएका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे ।

    ‘जता हेर्‍यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उहाँका गजलका नमूना हुन् ।

    बुधवार, भाद्र ३ २०७७०८:३३:५३

    डेमो खबर

    सम्बन्धित समाचार