Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

प्रधानमन्त्री ज्युलाई मेरो खुला पत्र

प्रधानमन्त्री ज्युलाई मेरो खुला पत्र

बुधवार, श्रावण २८ २०७७

  • 1.8K
    SHARES

  • प्रधानमन्त्री ज्युलाई मेरो खुला पत्र

     

    बढ्दो राजनीतीमा भएको हलचल र जनताको आक्रोसलाई मध्यनजर गर्दै यो पत्र लेखेको हुँ । सर्वप्रथम यो पत्र लेख्नुमा मेरो कुनै स्वार्थ लुकेको छैन। म एक स्वतन्त्र विध्यार्थी (युवा) न त म कुनै राजनितीक पार्टिमा आवध भएर यो पत्र लेख्दैछु । म यो देशको नागरिक भएको हिसाबले मेरो धेरै प्रश्न छन् ।

    के साच्चै हामी नेपाली जनताले न्याय पाएका छौ त ? के समृद्ध नेपाल र सुखी नेपालीको विगुलमा सारा नेपाली रमाएका छन् त ?  कुन क्षेत्रमा हाम्रो द्शले फड्को मार्यो  ?  म मेरो देशको अभिभावक हाम्रो समाननिय प्रधानमन्त्री ज्युलाई प्रश्न गर्न चाहान्छु। साच्चीनै पुर्खाले अनमाएको मेरो देशलाई हजुरको हातमा दिदाँ न्याय भएको हो त ?
    म केही विगतका कुरा राख्न चाहान्छु । मेरो काँचो दिमागले राखेका कुरा गलत भएमा फेरी पनी माफी चाहान्छु ।बढ्दो राजनितिमा चर्का–चर्की साच्चीनै ६२÷६३ को जनआन्दोलनले ल्याएको लोकतन्त्रको विगुल यै हो ?

    फेरी पनी मेरा धेरै प्रश्न–प्रश्नमा नै होमलिए । मलाइ झल्यास सम्झना आउन्छ । तेती बेलाका हरेक राजनितिक पार्टिहरुले औल्याएका नारा “गणतन्त्र जिन्दावाद”।
    विगतका दिनहरु फर्केर हेर्दा र आजको दिनसम्म आईपुग्दा बिभिन्न आपराधिक घट्नामा राननितिक संलङ्गनता भई गरेको पाईन्छ । हेका रहोस कि लोकतन्त्रमा पारदर्शिता भन्ने कुरा महत्वपुर्ण हुन्छ र त्यो पारदर्शिता कायम गर्न राजनितिक,आर्थीक, सम–सामाहिक र सामाजिक क्षेत्रका गतिविधीहरुलाई चिरफार गर्न पर्ने हुन्छ र त्यो चिरफार गर्ने राष्टको चौथो अङ्ग पत्रकार कृष्ण सेन जो वेपत्ता पारीए । के सत्य तथ्थ छानबिन गर्न सकिदैन र संघिय लोकतान्त्रिक गणतन्त्र व्ययस्थामा नी ? 


    रोल्पाका धन वाहादुरका परीवारले कहिले न्याय पाउने?
    गायक दिपेन्द्र थापा जसका गित अझै मेरा मानसपटालमा अझै ताजै छ । ( छोरो जन्मीनु होईन) धान पहेलो मकै सेता तिनलाई समेत बेपत्ता पारीयो । यस्ता कयौं घट्नाका पिडीत परीवारले न्याय नपाए कहिले पाउने ?
    सम्माननिय प्रधानमन्त्री ज्यु जनताले चाहेको विधीको शासन यही हो तँरु ति अबोध निर्मला विहिनीको परीवारले कहिले न्याय पाउने ?
    विर अस्पतालमा आफ्ना छोराको न्याय कुर्दा–कुर्दै बावुले ज्यान घुमाउन पर्यो । ति निरदोष आमाका आँसुले तपाईका मन बिझाउदैनन् ? तराईको मालती दिदि  जस्ले सबै परीवार घुमाइन मात्र तँपाइको क्रात्तिको लागी, के साच्चै तपाईको आँखामा आँशु रितिएको हो र मन ढङ्गाा भइसकेको हो रु कहिले सम्झना आउदैन हजुरलाई जसले तँपाईको निम्ति भोलीको आसा नै नराखी आफ्नो ज्यान दाउमा लगाए । 
    कहाँ छन् ति मालति दिदि, कहाँ छन् ति पत्रकार, कहाँ छन् ति गायक र कहाँ छिन ति निर्मला बैनीका परीवार ?
    वि.सं २०७२ सालको भुकम्पले घर भत्तकिएर विस्थापित बनाएका परीवारका परीवारका सम्झना आउदैन हजुरलाई ? ति बुढा बुवा–आमाको रुवाई कति छिटो भल्नु भाको । के अब पनी न्याय खोज्न कासी नै जान पर्ने भएको हो  ?  न्यायको ढोका अदालत थियो त्यो पनी राजनितिक हष्तक्षेपको कारणले किनबेच हुन थालेछ ।
    ऋाजको यस नयाँ र बदलिदो प्राविधिक युगमा अझै दमन र कान्तिकारी भावना कहिलेसम्म ? पुर्खाले जन्माएको देशलाई सासकिय ढङ्ग बाट लुट्न कतिको जाहेज छ ।
    मेरा कतिपय शब्दमा आक्रोसको भावना व्यक्त भएका होलान्, म मेरो ट्रुट्टी प्रति माफी माग्दछु । म मेरो राष्द्रिय भावनालाई उजागत गराउन चाहान्छु । हामी तँपाईले देखाको विगुलको बाटो त हिड्यौ तर गन्तव्य चाँही पन्छाउन सकेनौ । फेरी पनी मेरा कतिपय प्रश्न पश्नमै अड्किय । के साच्चै नै समृद्ध नेपाल र सुखी नेपालीको नारा प्रभाबकारी नभएको हो त ? 
    ति क्रान्तिकारी भावनामा  अनि देशको विकास गरी देशलाई निकास दिने समृिद्धको आवाज उठाउने तँपाईका सोच अनी परीकल्पनाका तिर आज अन्त भएको हो त ?
    आज शिक्षा क्षेत्र भनु या प्राविधिक क्षेत्र या जुनसुकै क्षेत्रमा नि चरम भ्रष्टचार रहेको छ । उता पट्टि औधोगीक क्षेत्र हेर्ने हो भने निम्न स्तरको रहेको छ । हाम्रा गौरबका आयोजनाहरुले पनी उल्लेखेनिय रुपमा गति लिन सकेको छैन।

    कतिपय आयोजना जस्तै भिरकुटि कारखाना, बालाजु चप्पल कारखाना, चुहा चिनी मिल जस्ता कारखाना आज बन्द छन् । अन्तमा भन्नुस् प्रधानमन्त्री ज्यु, हामी नेपाली जनताले  समृद्ध नेपाल र सुःखी कहिले भएको हेर्न कहिले पाउने  ?

    लेखक  : रोबेर्ट राज उपाध्याय 

    बुधवार, श्रावण २८ २०७७०८:१८:२५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार