Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images

गृह मन्त्रालय : सात प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा

गृह मन्त्रालय : सात प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा

आइतवार, श्रावण २५ २०७७

  • 1.9K
    SHARES

  • गृह मन्त्रालय : सात प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा

     

    काठमाडौं, साउन । गृह मन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गृह मन्त्रालय अन्तर्गत रहनुभएका उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा सरुवा गरिएको छ । सन्तबहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरिएको छ ।
    गृह मन्त्रालय सिंहदरबारमा कार्यरत उमाकान्त अधिकारीलाई जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा सरुवा गरिएको छ ।
    यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडांैमा कार्यरत हीरादेवी पौडेललाई मुस्ताङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
    जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कार्यरत खिमराज भुसाललाई जिल्ला प्रशासन कार्यालय प्यूठानमा सरुवा गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय स्याङ्गजामा कार्यरत ध्रुव गिरीलाई जिल्ला प्रशासन कार्यालय मनाङ्ग सरुवा गरिएको छ ।
    यस्तै, जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व सरुवा गरिएको छ ।

    आइतवार, श्रावण २५ २०७७०३:२३:१५

    डेमो खबर

    सम्बन्धित समाचार