Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
भारतीय परराष्ट्र मन्त्रालय

भारतले भन्याे : "बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन"

भारतले भन्याे : "बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन"

आइतवार, श्रावण २५ २०७७

  • 2.0K
    SHARES

  • भारतले भन्याे :  "बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन"

     काठमाडौं, साउन । भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्तिबारे भारतीय विदेश मन्त्रालयले सच्याएको छ ।

    जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

    जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए ।

    प्रति उत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

    आइतवार, श्रावण २५ २०७७०२:१९:४६

    डेमो खबर

    सम्बन्धित समाचार