Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
भगवान बुद्धकाे जन्म

नेपालले भन्यो : बुद्धको जन्मभूमि बहसको विषय होइन

नेपालले भन्यो : बुद्धको जन्मभूमि बहसको विषय होइन

आइतवार, श्रावण २५ २०७७

  • 1.7K
    SHARES

  • नेपालले भन्यो : बुद्धको जन्मभूमि बहसको विषय होइन

     

    काठमाडौं,  साउन । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि  नेपालले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरकाे भनाइकाे परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक भएको हो ।

    सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणद्वारा पूर्ण रुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो ।

    बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदा स्थलमा समेत रहेको छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको उनले बताए ।

    ‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै उनले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएका थिए,’ पौडेलले भनेका छन् ।

    नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । यो तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् । ‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ,’ उनले भनेका छन् ।

     

    आइतवार, श्रावण २५ २०७७०२:०८:०४

    डेमो खबर

    सम्बन्धित समाचार