Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, श्रावण १७ २०७७


  • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालमा गरिएको परीक्षणमा गयराति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।

    संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव समेत हुनुहुन्छ । यादवले आफू पनि कोरोना पोजेटिभ भएको फेसबुकमार्फत जानकारी दिनुभयो ।

    सांसद यादवसहित उहाँका चालक र अङ्गरक्षकमा समेत कोरोना पुष्टि भएको छ। संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् ।
    ३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको हो ।

    गयराति देखिएका अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरकै रहेका छन् ।

    शनिवार, श्रावण १७ २०७७०२:३८:४६
    सम्बन्धित समाचार