आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

कोरोना संक्रमणमा विश्वभर उछाल, २४ घण्टामा २ लाख ९२ हजार थपिए

कहाँ कति थपिए ?

  • डेमाेखबर

  • प्रकाशित: शनिवार , २०७७ श्रावण  १७

काठमाडौं,  साउन । विश्वभर कोरोना भाइरस संक्रमणको उछाल आएको छ। विश्वभर शुक्रबार २ लाख ९२ हजार ५२७ जना कोरोना संक्रमित थपिए।

विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक संक्रमणमा यो आँकडा अहिलेसम्मकै सबैभन्दा बढी हो। २४ घण्टामा ६ हजार ८१२ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT

images

यसअघि जुलाई २४ मा २ लाख ८४ हजार १९६ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा बढी संक्रमित थपिएका छन्।

कहाँ कति थपिए ?

ब्राजिल– ६९,०७४

अमेरिका– ६५,०४०६

भारत– ५५,०७८

दक्षिण अफ्रिका– ११,०४६

कोलम्बिया– ८,६७०

 

फेसबुकबाट तपाईको प्रतिक्रिया