आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु

  • डेमो खबर

  • प्रकाशित: शनिवार , २०७७ श्रावण  १७

काठमाडौं,  साउन ।  भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं मदिराको सट्टा सेवन गरेका थिए ।


ADVERTISEMENT

images

यसरी सेवन गर्नेहरुमा गम्भिर स्वास्थ्य समस्या देखिएको र अहिलेसम्म कम्तिमा १० जनाको मृत्यु भएको स्थानिय अधिकारीहरुले बताएका छन् ।

उनीहरुले स्यानिटाइजरलाई चिसो पेय पदार्थ तथा अन्य सफ्ट ड्रिङ्कसँग मिसाएर पिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

स्यानिटाईजरमा अन्य केही विषालु रसायन थियो कि थिएन भन्नेबारे छानविन गर्न प्रहरीले नमुना संकलन गरि प्रयोगशालामा परिक्षणका लागि पठाएको छ ।(एजेन्सी)

फेसबुकबाट तपाईको प्रतिक्रिया