आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

भारत र चीनका नागरिकभन्दा नेपाली खुसी, यस्तो छ विश्वव्यापी सर्वेक्षण

हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै

  • डेमाेखबर

  • प्रकाशित: शनिवार , २०७७ श्रावण  १७

काठमाडौं,  साउन । रुवान्डा र अफगानिस्तानभन्दा मात्र होइन, भारत र चीनका नागरिकभन्दा नेपाली खुसी छन् । हो, ‘वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२औँ स्थानमा छ ।

संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा प्रकाशित रिपोर्टअनुसार कुल १० नम्बरमा नेपालले ५ दशमलव १३ अंकसहित ९२औँ स्थान हासिल गरेको हो । गत वर्ष नेपाल सयौँ स्थानमा थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।


ADVERTISEMENT

images

रिपोर्टअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा अघि पाकिस्तान ६६औँ स्थानमा र माल्दिभ्स ८७औँ स्थानमा छन् । त्यस्तै, बंगलादेश १०७औँ, श्रीलंका १३०औँ, भारत १४४औँ, अफगानिस्तान अन्तिम अर्थात् १५३औँ स्थानमा छन् । छिमेकी चीन पनि नेपालभन्दा पछि ९४औँ स्थानमा छ।

खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ । खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे छन् ।

यता भर्खरै केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणले ६३ प्रतिशत नेपाली खुसी रहेको तथ्यांक पनि प्रस्तुत गरेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषका नेपालीमध्ये ज्यादै खुसी वा केही हदसम्म खुसी हुनेको औसत दर भने ६३ दशमलव ४ प्रतिशत छ । सो उमेर समूहका महिलामध्ये ६२.४ प्रतिशत र पुरुषमध्ये ६४.७ ले आफू ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको व्यक्त गरेको पाइएको छ।

पाँच वर्षअघि १५ देखि २४ वर्ष उमेर समूहका महिलामध्ये ८२ प्रतिशतले ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको बताएका थिए । त्यसवेलाको सर्वेक्षणमा पुरुषलाई सहभागी गराइएको थिएन ।

महिलाको तुलनामा पुरुषहरू भने जीवनस्तर सुधार हुनेमा बढी आशावादी देखिएका छन् । १४–४९ उमेर समूहका पुरुषमध्ये ५२.५ प्रतिशतले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेको पाइयो । महिला तथा पुरुष समग्रमा भने साढे ४८ प्रतिशतले जीवनस्तर सुधारको अपेक्षा गरेका छन्।

यस सर्वेक्षणमा तथ्यांक संकलनका लागि देशभर पाँच सय १२ गणना क्षेत्र (क्लस्टर) मध्ये सहरी क्षेत्रबाट दुई सय ९० क्लस्टर र ग्रामीण क्षेत्रबाट दुई सय २२ क्लस्टर तथ्यांकीय विधिबाट छनोट गरी हरेक क्लस्टरबाट गणनाका लागि २५ वटा परिवार छानिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया