Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images
मन्त्रिपरिषद् निणर्य

नारायणगढ-मुग्लिन सडक :" गाडीले अब कर तिर्नुपर्ने"

नारायणगढ-मुग्लिन सडक :" गाडीले अब कर तिर्नुपर्ने"

  • शुक्रवार, श्रावण १६ २०७७


  • नारायणगढ-मुग्लिन सडक :" गाडीले अब कर तिर्नुपर्ने"

     


    काठमाडौँ, साउन  । नारायणगढ-मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ-मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गर्ने निणर्य गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जनाएका छन । ।
    उक्त सडक खण्डमा हलुका सवारी साधनको २५ रुपियाँ र भारी सवारी साधनको ५५ रुपियाँका दरले सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गरिएको हो । मोटरसाइकल र स्कुटरको हकमा सडक उपभोग दस्तुर लाग्ने छैन ।

    मन्त्रिपरिषद् बैठकको निणर्यबारे जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सो जानकारी दिए। साउन १२ गते बसेको मन्त्रिपरिषद्ले गरेको सो निणर्य यही भदौ १ गतेबाट लागू हुनेछ ।

    सो सडक खण्डको नियमित मर्मत सम्भार गर्न बजेटको अभाव नहोस् भन्ने उद्देश्यसहित सडक उपभोग दस्तुर लागू गरिएको सडक विभागले जनाएको छ । मुग्लिन र नारायणगढको बीचमा ढाँट राखेर यो दस्तुर सङ्कलन गरिनेछ ।

    शुक्रवार, श्रावण १६ २०७७०७:२२:४३
    सम्बन्धित समाचार