आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

सुनको मोलले आकाश छोयो, तोलाकै एक लाखनजिक

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  १५

काठमाडौं, साउन। नेपाली बजारमा सुनको मोलले आकाश छोएको छ ।

आमसर्वसाधारणका लागि सुन लगाउने होइन हेर्ने धातुका रुपमा मात्रै सीमित हुने अवस्था देखिँदैछ ।


ADVERTISEMENT

images

एक तोला सुनकै मूल्य एक लाख नजिक पुग्दा सामान्य आय भएकाहरुले जिब्रो काढ्नु पर्ने अवस्था भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेसँगै तोलाको मोल एक लाख छुन लागेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया