आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

एनसेलले ल्यायाे ‘नयाँ सजिलो सिम’ याेजना

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  ८

काठमाडौँ, साउन । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ याेजना ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ मुख्य ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन् । 

नयाँ ग्राहकले करसहित मात्रै ९९ रुपैयाँमा यो सिम लिन सक्ने छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने कम्पनीले जनाएकाे छ ।


ADVERTISEMENT

images

यो नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मुख्य ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने छन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने एनसेलले जनाएकाे छ ।

यो नयाँ सिमको प्रमुख विशेषता भनेकै सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ‘प्लस’ याेजनाले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने एनसेलकाे दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया