आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

सीता रसाइलीको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक (भिडियोसहित)

  • डेमो खबर

  • प्रकाशित: बुधवार , २०७७ श्रावण  ७

काठमाडौँ, साउन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै तीजका गीतहरु बजारमा आउनेक्रमपनि दिनदिनै बढिरहेको छ । तर यो वर्ष तीज गीतलाईपनि कोरोनाले प्रभाव पारेको छ ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमापनि निकै असर गरेको छ । कोरोनाका कारण तीजका गीत अघिल्लो बर्षको तुलनामा थोरै र केहि समय ढिला आईरहेका छन् । यहि क्रममा गायिका सीता रसाइलीको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT

images

खाने, लाउने र तडक भडक देखाउने होडबाजीमा तीज पर्व दुरुपयोग भइरहेको चर्को टिका टिप्पणीका बिच तीजलाइ समाज रुपान्तरणको खुड्किला बनाउन सकिन्छ भन्ने एउटा अभियान पूरा भएको छ ।

मानवीय मुल्यलाई केन्द्रमा राखेर, समानता कायम राख्न र जातिय अहंकार बन्द गर्न आग्रह गर्दै संचारकर्मा रसाइलीको सन्देश मुलक तीज गीत सार्वजनिक भएको हो ।

सामाजिक न्याय र मानव मर्यादालाई संरक्षण गर्न तयार पारिएको म्युजिक भिडियो बजारमा आएलगत्तै संगीतलाई समतासंग जोडेर अघि वढ्ने प्रयास साकार भएको प्रतिक्रिया सार्वजनिक भएको छ ।

जातीय जालो हटाउन, जातीय जंजीर तोड्न, जातीय जाँतोको दलन फोर्न र मानव अधिकारको सन्देश दिन सार्वजनिक गरिएको गीत डा. मोम विश्वकर्माले प्रस्तुत गरेका हुन । गीतमा विवि अनुरागीको संगीत छ ।

शंकर विसीले निर्देशन गरेको म्युजिक भिडियोमा अन्जली अधिकारीको विशेष अभिनय छ भने बन्दना नेपाल र उत्सब घिमीरे लगायतलको अभिनय छ। भिडियोको नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया