आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

टेलिकमको एफटिटिएच र पोस्टपेडमा नयाँ अफर सार्वजनिक

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७७ श्रावण  २

काठमाडौं, साउन । नेपाल टेलिकमले पोस्टपेड मोबाइल र एफटिटिएचमा विभिन्न अफरहरू उपलब्ध गराएको छ ।

डेटा प्याकअन्तर्गत २० एमबिपिएसमा १ महिनाको प्याक १२ सय, ३ महिनाको ३ हजार ६ सय र १२ महिनाको १४ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै, ५० एमबिपिएसको १ महिनाको प्याक १८ सय, ३ महिनाको ५ हजार ४ सय र १२ महिनाको २१ हजार ६ सय रुपैयाँमा उपलब्ध हुनेछ । 


ADVERTISEMENT

images

कम्बो प्याकअन्तर्गत इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् । जसअनुसार १५ एमबिपिएसको एक महिनाको प्याक १ हजार, ३ महिनाको ३ हजार र १२ महिनाको १२ हजार रुपैयाँ तोकिएको छ । २५ एमबिपिएसको १ महिनाको प्याक १५ सय, ३ महिनाको ४५ सय र १२ महिनाको १८ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, ६० एमबिपिएसको १ महिनाको २ हजार, ३ महिनाको ६ हजार र १२ महिनाको २४ हजार तोकिएको छ । 

प्रत्येक कम्बो प्याकअन्तर्गत १ महिनाको प्याकमा २ सय ५० मिनेट, ३ महिनाको प्याकमा ७ सय ५० मिनेट र १२ महिनाको प्याकमा ३ हजार मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी, १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना छुट गरिएको छ ।

पोस्टपेड मोबाइल 
पोस्टपेड सिम खरिद गर्दा लागू भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब नलाग्ने भएको छ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागू हुने जनाइएको छ । जसअनुसार अब नयाँ सिमकार्ड लिनका लागि ५ सय रुपैयाँ मात्र लाग्ने र यसमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट रहने कम्पनीले जनाएको छ ।  

पोस्टपेड मोबाइलमा एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरू बनाइएका छन् । यसअन्तर्गत बेसिक प्याक ३ सय ८४, प्रिमियम प्याक ७ सय ४९, गोल्ड प्याक ९ सय ९९, डायमन्ड प्याक १  हजार ४ सय ९९ र प्लाटिनम प्याक २ हजार ४ सय ९९ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया