आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

एक घर एक धारा : 'नरैनापुरमा मोबाईल एप्लिकेसन तालिम'

  • सरला सुबेदी

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  १

 
 
बाँके, साउन । नरैनापुर गाउँपालिकाले वास प्लान बनाउनको लागी सन्चालन गरेको दुई दिने मोबाइल एप्लिकेसन तालिम आज मङ्गलबार समापन गरिएको छ ।
प्रदेश सरकारको "एक घर एक धारा"को नितिलाई पुरा गर्न प्रदेशै भरिका सबै स्थानिय तहहरुमा मोबाइल एप्लिकेसन बाट तथाङ्क संकलन गरि वास प्लान तयार गर्न लागिएको हो ।
नरैनापुर गाउँपालिकाले वास प्लान लाई आफ्नो पालिकाको योजना को सबै भन्दा महत्वपुर्ण योजना ठानेर योजनाको लागी बजेट छुट्याएर तथाङ्क संकलनको लागी तालिमको आयोजना गरेको बताउछ्न पालिका अध्यक्ष इस्तियाक अहमद शाह ।
उनले तालिम राम्रो सङ्ग लिएर नरैनापुर गाउँपालिकाले बनाउन लागेको वास योजना निर्माणमा सहि तथ्यांक संकलन गरेर पालिकालाई सहयोग गर्न सबै तथ्यांक संकलनकर्तालाई आग्रह समेत गरेका छन् ।
उनले वास प्लान अनि स्वच्छ खानेपानी नरैनापुरका जनताको लागि एक घर एक धारा प्रदेशको मात्र योजना नभएर आफ्नो पनि भर्को बताए। आफ्नो कार्यकालमा नरैनापुरका सम्पुर्ण घर घरमा योजनाको खानेपानी पुगेर नरैनापुरका सबै जनताको घरघरमा स्वच्छ पानी पुगेको र उनिहरुले पानी उपभोग गरेको हेर्ने रहर भएको बताएका छन् ।
उनले नरैनापुरमा अहिले पानीको अति आवश्यक भएको ले स्थानिय तहको बजेटले मात्र यो एकघर एक धाराको निति पूरा गर्न नसकिने भएको हुदा आर्थिक सहयोगको लागि संघीय सरकार र प्रदेश सरकारले गर्ने सहयोगको आशा समेत गरेको बताएका छन् । हिजो देखि सुरु गरिएको तालिममा गाउँ पालिकाका २,३,४,५,र ६ नम्बर वडाका @ वडा अध्यक्षको उपस्थिती रहेको थियो ।
मोबाइल एप्लिकेसन अनि वास कार्यक्रम किन केका लागि भनेर तालिमको सहजिकरण वास संयोजक सरला सुवेदी, नरैनापुर गाउँपालिकाका सूचना प्राविधि अधिकृत सन्तोष हमाल, वास फोकल पर्शन बिजय कुमार यादवले गरेका थिए।
 
 
 
 

 
 

 
 
 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया