आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

कोहलपुर क्षेत्रीय प्रशारण केन्द्र : 'एनटिभी कोहलपुरको नामबाट प्रादेशिक च्यानलमा रुपान्तरण '

  • सरला सुबेदी

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  १

 
 
कोहलपुर, साउन । नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई यसै महिनादेखि एनटिभी कोहलपुरको नाममा प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरिएको नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
बुधबार कोहलपुर प्रसारण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक रोकाले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुर च्यानललाई पुर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको बताए । उनले भने यस क्षेत्रको ठुलो सम्भावना बोकेको यस प्रसारण केन्द्रलाई सार्वजनिक सन्चार माध्यमका रुपमा लैजाने तयारी गरिरहेको उनले उल्लेख गरे ।
उनले भू- उपग्रहको माध्यमबाट प्रसारित एनटिभी कोहलपुरको पहुँच देशभित्र मात्र नभैइ बिश्वका १४६ वटा मुलुकमा समेत विस्तार भएको प्रेस बिज्ञपति मार्फत जानकारी गराएका छन् । उनले अहिले बिश्वब्यापी महामारीको रूपमा रहेको (कोभिड-१९) को असर नेपाल टेलिभिजनमा पनि परेको र यसको सामना गर्दै नेपाल टेलिभिजनका सबै च्यानलहरुको प्रशारणलाई गुणस्तरीय बनाउन संस्थागत सुशासनकायम राख्नकाे लागि अान्तरिक नियन्त्रण कार्यविधि जारी गरि कार्यान्वयनमा ल्याइने बताए ।
उनले नेपाल टेलिभिजन कोहलपुर तपाईं हरुको टेलिभिजन भएको र यस टिभी प्रति यहाका स्थानियको अपनत्व मिले एनटिभि कोहलपुरलाई निर्वाध ढंगले सन्चालन गर्न उर्जा र टेवा मिल्ने बताएका छन्
नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र प्रमुख निराजन खनालले साउन १ गते बिहीवार बाट समाचार प्रसारण सुरु गर्ने जानकारी समेत दिएका छन् । १ गतेदेखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट दिउँसो ३ र ५ तथा साँझ ७ बजे गरि दिनमा ३ पटक समाचार बुलेटिन सुरु गरिने केन्द्र प्रमुख खनालले बताएका हुन् ।
यसैगरि यहाँका विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ, शिक्षा, कृषि, उद्दम, बाल कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु क्रमश सुरु गरिने प्रमुख खनालले उल्लेख गरे । साथै उनले नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट उत्पादित सबै समाचार तथा सुचनामुलक कार्यक्रमहरु डिजिटल प्लेटर्फमबाट हेर्न सकिने खनालले जानकारी दिएका छन् ।
उनले एनटिभी कोहलपुरले ३ वटै प्रदेशका गतिविधिलाई उच्च प्राथमिकता दिदै यसले मौलिक हकमा रहेको सूचनाको हकलाई स्थापित गर्न प्रदेशमा ठूलो भुमिका खेल्ने बिश्वास लिइएको प्रेस बिज्ञपति मार्फत उल्लेख गरिएको बताए।
 
 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया