आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

नेपाल टेलिकमले ल्यायो थप प्याकेजसहितको समर अफर

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  १

काठमाडौँ, साउन । नेपाल टेलिकमले बिहीबारदेखि विभिन्न प्याकेजसहितको आकर्षक समर अफर सार्वजनिक गरेको छ ।

यसअघिको स्प्रिङ अफर अन्तर्गतका प्याकेजलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ । समर अफर अन्तर्गतका सेवा ९० दिनसम्म उपलब्ध हुने जनाइएको छ ।


ADVERTISEMENT

images

युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत रु. २५ मा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ । यस्तै सोसल मिडिया प्याक अन्तर्गत रु. १५ मा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ ।

सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनाएको छ । यसैगरी रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध हुने जनाइएको छ ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत रु. १० मा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने रु. १५ मा ३ रातका लागि २०० मिनेट र रु. ३० मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ ।

अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा रु. ६० मा ३ दिनका लागि ४०० एमबी, रु. १०० मा ७ दिनका लागि ८०० एमबी, रु. २८० मा २८ दिनका लागि २.५ जीबी, रु. ५०० मा २८ दिनका लागि ७ जीबी र रु ८०० मा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

यस्तै डे डाटा प्याक अन्तर्गत अब रु. १० मा ८० एमबी र रु. १८ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने जनाइएको छ । विहान ६ देखि साँझ ६ बजेसम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ ।

वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज रु. २० मा उपलब्ध हुनेछ ।

डे भ्वाइस प्याक अन्तर्गत रु. १२ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

यस्तै पहिलेदेखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्ने जनाइएको छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया