आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

शिक्षा, बिकास र युवा

  •  रोबट राज उपाध्याय

  • प्रकाशित: सोमवार , २०७७ आषाढ  २९

अस्तव्यस्त राजनिती आफैमा आफुसंगै पौठाजुरी खेलेको छ । जंग वहादुर राणाको पालामा सन् १८५३ मा पहिलो चोटी दरबार हाई स्कुलको स्थापना भयो । झन्डैझन्डै आजको दिन सम्म आईपुग्दा शिक्षा प्रणालीमा सुधार एकदमै न्युन रहेको छ । नेपालको सन्र्दभमा हेर्ने हो भने हाल तिन प्रकारका विद्यालय रहेका छन् जस्तै गुरुकुल विद्यालय, निजी विद्यालय र सरकारी विद्यालय । गुरुकुल विद्यालय अहिले लोप भइसक्यो र निजी विद्यालय र सरकारी विद्यालय यथावत् नै रहेका छन् भने शिक्षा प्रणालीमा चाँहि परम्परागत शैली नै अपनाईएको छ । यसमा सुधारको एकदमै आवश्यत्ता रहेको छ । म एउटा लेख सम्झीन्छु जब हातमा किताब लिएर गएको भुन्टेलाई देख्छु, डोल्पाकी झुमाले अस्पतालमा उपचार पाएको देख्छु तराईकी फुलुवाको ओठमा मन्द मुस्कान देख्छु अनी सडक, संघियता र संगसंगै सिंहदरबार घरघरमा पुगेको सन्छु । सायत् शिक्षामा बिकास भएको भन्न मिल्ला की रु हाल कोराना माहामारीले निमत्याएको विषम परीस्तीथीले विश्व समुदाय नै आंक्रात र भयबित बनाएको छ, त्यसमा नेपाल पनी अछुतो रहन सकेको छैन । जसले गर्दा हाम्रो परम्परागत शिक्षा प्रणालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको छ । समयको मागलाई ध्यानमा राखी शिक्षा प्रणालीलाई विश्व समुदाय संग प्रतिस्पर्दा गर्न, परम्परागत शिक्षा प्रणाली भन्दा धेरै माथी उकास्न र गुणस्तरीय शिक्षा प्रणाली प्रदान गर्न अब नेपाललाई चुनौती भनु या अवसररु
शिक्षामा सुधार र वैकल्पिक शिक्षा प्रणाली अपनाउनमा यस्ले महत्वपुर्ण टेवा पुर्याउन्छ । जसरी युरोपियन मुलुकहरुमा वैकल्पिक शिक्षा प्रणाली अपनाएर शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाइयो त्यसैगरी वैकल्पिक शिक्षा अपनाएर नेपालको शिक्षा क्षेत्रमा पनी आमुल परीवर्तन ल्याई मुलुकले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन महत्वपुर्ण भुमिका रहन्छ । सन् १९९३ मा नेपालमा पहिलो पटक ईन्टरनेको सुरुवात भयो । सुरुवात काल देखी आजको दिन सम्म आईपुग्दा लगभग ३ दशक बितीसकेछ तर ग्रामीण भेगमा भने अझैपनी ईन्टरनेटको पहुँच पुर्याउन सकेको छैन । यही सन्र्दभ लाई जोड्दै गर्दा मलाई त्यी सुनौला अविस्मरणिय पल याद आउन्छ कि, भर्खकै हुम्ला बाट आएको मेरो परम मित्रले भनेका थिएकी काठमाण्डौ जान तँ ठुलो हवाइजहाज चाहिन्छ रे १ त्यो कुरा सम्झदा मलाई बच्चा बेलाको गफ भनु वा काँचो दिमाग भन्ने महशुस हुन्छ । सायत् अझै शिक्षामा सुधार नभाको होकीरु डिजीटल शिक्षा आजको अपरीहार्य आवश्यकत्ता हो भने भोलीको दिनमा शिक्षा र बिकासको क्षेत्रमा जादुको छडी हो ।
अर्को पाटो हेर्ने हो भने बिकासका पुर्वाधार पनी सिमित नै रहेका छन्।
वास्तबमा विकास के हो तरु यसमा ठुलै प्रश्न चिन्ह गर्दा फरक नपरला ।
एकतर्फ मानिस विकासलाई समयको गती भन्दछन् भने अर्को थरी मानिसहरु विकासलाई मानव जिवनमा आएको परीवर्तन भन्दछन् । नेपालको परीपेक्षमा हिमाल, पाहाड र तराईमा विकासलाई फरक–फरक दृिष्टकोणले हेरेको पाईन्छ, जस्तैकी हुम्ला र जुम्लाका मानीसलाई विकास भनेको बाटोघाटो हो भने शहर बस्ने मानिसलाई विकास भनेको शिक्षा र रोजगारी हो । समान्यतया बिकास भन्नाले सकारात्मक परीवर्तनको आधार हो सायत् यसमा कुनै विवाद छैन भन्न पक्कै नमिल्ला ।
न्गललबच ःथचमब िका अनुसार “विकास एउटा त्यस्तो प्रकिया हो जसले अविकसीत क्षेत्रको पुनः उथान गरी गरीवीको रेखा भन्दा माथी उकान्न मद्दत गर्दछ”। कितीपय मानिस विकासलाई बिनासको बिपरीतार्थ शब्दको रुपमा पनी लिने गरेको पाईन्छ । जँहा बिनास हुन्छ त्यहा बिकास पनी हुन्छ । यो कुरामा कतिको सत्यता छ त्यसमा अझै अलमल नै रहला । सायत् विकासको गती हाम्रो देशको हकमा अलि नपुग होकी ।
युवा को हुन तरु
समान्यतया युवा भनेको आफ्नो बाल्य अवस्था पार गरी बुढौली लाग्नु भन्दा अगावैको जमात हो युवा, जो जोस, होस र सोचका साथ नयाँ परीस्तिथी र नयाँ परीबेसको श्रिजना हो युवा । देशलाई दुख्दा मलम लगाउने, धर्ति हल्लदा काध थाप्ने जमात हो युवा, राज्यलाई सही मार्गमा डोर्याउने संवाहक हो युवा, नँया सोचले आमुल क्रान्ति ल्याउने अनबेषक हो युवा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया