आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

सर्यो बैठक : “ओली 'कम्युनिष्ट’को कला, स्थायी समितिको बहुमत नै पर्यो थला!”

ओलीले बैठक 'इग्नोर’ गरेरै नेपाल - प्रचण्डलाई गलाउने दाउमा

  • बिबेकजंग थापा

  • प्रकाशित: शुक्रवार , २०७७ आषाढ  २६

 

कठमाडाँै, असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्यौता यथावत छ । केही समयदेखि तानिदै आएको बिबाद सल्टिनेभन्दा अन्ततः केपी शर्मा ओलीले बैठकमा उठाएका बिषयलाई सम्बोधन नगरी तर्साएरै खाने दाउमा देखिए । प्रधानमन्त्री र पार्टी अध्यक्षको कुर्ची बचाइराख्न ओलीले विभिन्न बहानामा बैठक अल्झाउदै लाने र आफूले सोचेको जसरी पूरा गर्ने हठी स्वभाव प्रस्तुत गरेको परिस्थितिले देखाउँछ ।
यसैबीच, आजको नेकपा स्थायी समिति बैठक सर्नुले पनि त्यहप प्रमाणित गर्दछ । ओलीलाई नेकपाको स्थायी कमिटी बैठकबाट सरकार र पार्टीको नेतृत्वबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरुसहित झण्डै दुई तिहाई स्थायी कमिटी सदस्यहरु लगीपरेका छन । अधिक बहुमत छ । ओलीको ॅकम्युनिष्ट’को कला,पनि अचम्मकै रहेछ, स्थायी समितिको बहुमत नै पर्यो थला पार्ने दाउमा देखिए ।


ADVERTISEMENT

images

अहिलेसम्मको स्थिति हेर्दा ओलीले बैठक ॅइग्नोर’ गरेरै नेपाल - प्रचण्डलाई गलाउन सकिन्छ कि भन्ने दाउ उनको देखियो । तर्साएरै भए पनि दुवै पद तत्कालका लागि सुरक्षित गरेका छन् पनि ।
एक स्थायी समिति सदस्यले भने, ॅओलीले अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको रणनीति बनाएपछि नेकपाका हितैषी एवं पार्टी फुटेपछि जनता सामू जान पनि लाज लाग्ने स्थिति देखेका नेता आत्तिएर मिलेर अगाडि बढ्न आग्रह गरे । यसपछि ओलीलाई पनि तर्साएर पद जोगाएको महसगरेका छन ।
ओलीले यस्तोसम्म खेल खेले पार्टी फुटाएर पुरानै नेकपा एमाले ब्यूँताउने ब्यवस्था मिलाउन आफ्ना कार्यकर्तालाई निर्देशन पनि दिए । त्यो काम गरे सांसद महेश बस्नेत र पूर्व मन्त्री बास्कोटाले गरे । काम पनि फत्ते भयो । निर्वाचन आयोगमा दर्ता गर्न लगाए । सांसद महेश बस्नेतले ती दल दर्ता गर्नेलाई फूल माला लगाईदिएर स्वागत पनि गरे ।
त्यति मात्र हैन आफूले सरकार र पार्टीमा केही काम नगरी आलोचित भइरहेका बेलामा भारतले आफूलाई हटाउने भूमिका खेल्यो भनेर बाँकी रहेका नेकपाका शीर्ष नेताहरुलाई भारतीय दलालको पगरी गुथाइदिएर आफू चोखो भएको भन्ने पारेर उनी थप चर्चामा पनि आए । तर पनि ओलीलाई जसरी भए पनि हटाउने ध्यानमा नेताहरु लागेपछि संसदको अधिवेशन नै अन्त्य गराए ।
चिनियाँ राजदूत यान्छीले खेलिन् भूमिका पनि निकै सक्रिय भूमिका खेलिन् । उनले मर्यादा नाघेरै नेताको घरघर पुगिन । भेटेर पार्टीलाई बचाउन आग्रह गरिन । उनले नेकपालाई फुट्न नदिन भूमिका खेल्ने क्रममा भने पदीय मर्यादा उल्लंघन गरेकी छिन् । र पनि नेकपा अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई उनीहरुकै घरमा पुगेर भेटेपछि नेताहरुलाई समेट्न सकेकी हुन् ।
यसमा ओलीको चतुर्याईँ स्पष्ट भएको छ । नेकपाका एक स्थायी कमिटी सदस्यल भने,े भारतको विरोध गरेको देखिए भन्नेसम्म पार्ने रणनीतिले सुरक्षित बने ।
कुनै समयका ‘प्रो-इन्डियन’ ओलीले सही समयमा सही ठाउँमा स्थायी समिति सदस्यले भने, ‘कामरेड ओलीले सही ठाउँमा तीर हान्नु भो त्यो लाग्यो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया