Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

समाजवादी पार्टी : 'सरिता गिरी निष्कासित, सांसद पद गयो'

समाजवादी पार्टी : 'सरिता गिरी निष्कासित, सांसद पद गयो'

  • मंगलवार, आषाढ २३ २०७७


  • समाजवादी पार्टी  :  'सरिता गिरी निष्कासित, सांसद पद गयो'

     

    काठमाडौं, असार  । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।

    पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसै अनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

    लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

    पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

    मंगलवार, आषाढ २३ २०७७११:५२:३५
    सम्बन्धित समाचार